रेशम चौधरीलाई रिहा गर्न जनता समाजवादीको माग

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ५ : ५०


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सांसद रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने माग गरेको छ।

जसपाकापार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक विज्ञप्ती मार्फत चौधरीको यथाशिघ्र रिहाइको माग गरेका हुन्।

विज्ञप्ति मार्फत अध्यक्षद्धयले मधेशरथरुहट आन्दोलनहरुमा सहभागि भएका केही नेता तथा कार्यकर्ताहरु माथि सरकारद्वारा मुद्दा चलाउने, धन सम्पति रोका गर्ने, थुनामा राख्ने कार्य भइरहेको भन्दै उक्त कार्य बन्द गर्न पनि आग्रह गरिएको छ।

‘हाल जेलमा राखिएका जसपा, नेपालका नेता मा. रेशम चौधरी लगायतका नेतारकार्यकर्ताहरु माथि सरकारले लगाइएका मुद्दाहरु खारेजगरी मा. रेशम चौधरीलाई यथाशिघ्र रिहाई गरिनु पर्दछ’, विज्ञप्तिमा भनिएको छ।

२०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनामा नेता चौधरी पक्राउ परेका थिए।


प्रतिक्रिया दिनुहोस्