काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गरी ५ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ४ सय ८३ जना छन् ।
यस्तै, भक्तपुर जिल्लाका ८१ र ललितपुर जिल्लाका ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
गत २४ घण्टामा देशभर गरी भने १ हजार ३९ जनामा संक्रमण देखिएको छ ।
गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरी ९ हजार १ सय ६५ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको हुनेको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।