हामीले कहिल्यै हस्तक्षेप गरेका छैनौं, अमेरिकाले सीमा नाघ्यो : चिनियाँ विदेशमन्त्री

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ३ : ३४


काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेप असैह्य रहेको बताएका छन्।

रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभसँगको भेटपछि मस्कोमा आयोजित पत्रकार सम्मेलनमा यी ले चीनले अमेरिकाको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको तर अमेरिकाले सीमा नाघेको टिप्पणी गरे।

अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्तको आधारमा चीनले कूटनीतिक व्यवहार गर्ने र सोही अनुसार चीनले अन्तराष्ट्रिय मामिला सम्हालिरहेकोे उनले बताए।

‘कुनैपनि देशको आन्तरिक विषयमा दख्खल नदिनु चिनियाँ कुटनीतिक संस्कार हो’ यीले भनेका छन्।

आफूहरुले कुटनीतिक सिद्धान्तलाई पछ्याइरहँदा अमेरिकाले भने चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको यीको आरोप छ।

अमेरिकाले चीनको आन्तरिक विषयमा किन हस्तक्षेप गरिरहेको छ भनेर प्रश्न सोध्नेबेला आएको उनी बताउँछन्।

चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न पनि अमेरिकालाई उनले आग्रह गरे।

चिनले नेसनल पिपुल्स कंग्रेसमा कहिल्यै पनि अमेरिकाको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने सम्बन्धी विधेयकमाथि छलफल नगरेको भन्दै उनले भने अमेरिका सदनमा लगातार चीनको आन्तरिक मामिलामा विधेयकहरु पेश भइरहेको छ।

हालैमात्र अमेरिकाले हङकङ सम्बन्धी र सिनजियाङ प्रान्तका उइगर मुसलमानसँग सम्बन्धित कानुनहरु पारित गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस्