नेकपा प्रवक्ता श्रेष्ठले शुरु गरे कोभिड १९ स्वयं सेवा

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  २ : ४३


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले कोभिड १९ स्वयं सेवा शुरु गरेका छन् ।

राष्ट्रियसभा सदस्य (सांसद) समेत रहेका श्रेष्ठले आफ्नो सचिवालयअन्तर्गत रहने गरी कोभिड १९ स्वयं सेवा शुरु गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित भइ मानव जीवनको रक्षा गर्ने उद्देश्यका साथ स्वयं सेवा थालिएको नेता श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

जसअन्तर्गत कोरोना संक्रमितको उपचार सम्बन्धी प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गरिने छ ।

नेता श्रेष्ठको सचिवालयअन्तर्गत गठन भएको स्वयं सेवी समूहले कोरोना संक्रमितलाई मनोजामाजिक परामर्श, आपतकालीन स्वास्थ्य परामर्श, आप्रवासी श्रमिकको उद्धार तथा सुरक्षित घर फिर्तीमा समन्वय तथा सहयोग र कोभिड १९ बारे सचेतना फैलाउने काम गर्ने जनाइएको छ ।

कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी नेपाल सरकारका नीति, योजना र निर्देशनलाई मूल मागनिर्देशन मानी त्यसलाई कार्यान्वयन गर्न सहयोग पुर्‍याउने पनि नेता श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्