पूर्वी लद्दाखमा चीनले तैनाथ गर्यो तोप र ट्यांक, भारतमा तरंग

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  २ : ४०


पूर्वी लद्दाखमा भारत र चीन बीच वास्तविक नियन्त्रण रेखा (एलएसी) मा अवस्था तनावपूर्ण बन्दै गएको छ।

पछिल्लो समय चीनले सीमा नजिकै तोप र ट्यांक तैनाथ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

आधुनिक हतियारका साथै हवाई सेनाको शक्ति पनि बढाएको बताइएको छ।

चीनले पूर्वी लद्दाखको प्यांगोंग त्सोको दक्षिणी क्षेत्रको स्पांगुर ग्यापमा भारी संख्यामा सैनिक, ट्यांक र तोप तैनाथ गरेको भारतीय मिडियाको दाबी छ।

उक्त क्षेत्र भारतीय सेनाको राइफल रेन्ज नजिकै रहेको छ।

त्यसपछि भारतले पनि आफ्ना सेनालाई अलर्टमा राखेको बताइएको छ।

सीमा विवाद सुल्झाउन दुवैदेशका सैनिकबीच शनिवार चुशुल क्षेत्रमा ब्रिगेड कमाण्डर तहको वार्ता भएको थियो । तर, उक्त वार्ता पनि बिना निष्कर्ष सकियो।

गत जुन १५ मा दुवै देशका सैनिकबीच गल्वान भ्यालीमा झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्