नयाँ दिल्ली । कोरोना भाइरसलाई जितेर घर फर्किएका भारतीय गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना भएका छन्।
उनी दिल्ली स्थित एम्स अस्पतालमा भर्ना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
सास फेर्न गाह्रो भएपछि शाहलाई हिजो राति ११ बजे अस्पताल पुर्याइएको थियो।
शाहलाई केही दिन अघि कोरोना संक्रमण भएको थियो। कोरोना नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए।
कोरोना जितेर घर फर्केको २ हप्तामै उनलाई फेरि श्वास फेर्न समस्या भएको बताइएको छ।
अब उनी केही समयको लागि अस्पतालमै रहनेछन्। उनको कार्डियो न्युरो टावरमा राखेर उपचार भइरहेको छ। एजेन्सी
Two weeks after his discharge, Home Minister #AmitShah has been re-admitted to All India Institute for Medical Sciences (AIIMS) after complaining breathing issues on Saturday, multiple sources told IANS pic.twitter.com/9u9DHQaiFQ
— IANS Tweets (@ians_india) September 12, 2020