बार्सिलोनाको टिमबाट मैत्रीपूर्ण खेलमा मेस्सी सहभागी

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : ४५


काठमाडाैं । बाहिरिने असफल प्रयासपछि लियोनल मेस्सी पहिलोपटक बार्सिलोनाबाट खेलेका छन् ।

मेस्सी शनिबार राति भएको जिम्नास्टिक डी तारागोनासँगको मैत्रीपूर्ण खेलमा सहभागी भएका हुन् ।

३३ वर्षका मेस्सीले गएको अगस्ट २५ मा बार्सिलोना छोड्न चाहेको भन्दै क्लबलाई पत्र बुझाएका थिए ।

तर ठूलो रकमसहितको रिजिल क्लबका कारण उनी बार्सिलोनामै बस्न बाध्य भएका छन् ।


प्रतिक्रिया दिनुहोस्