सिन्धुपाल्चोकमा फेरि पहिरोः १८ घर पुरिए, १२ जनाभन्दा बढी वेपत्ता

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : ०८


काठमाडाैं । सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण १२ जनाभन्दा बढी वेपत्ता भएका छन् । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसारमा शनिवार राति पहिरो जांदा दुई दर्जन घरहरु पुरिएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको तर घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिएका छन् ।

शनिवार राति आएको बाढी र पहिरोका कारण ठुलो धनजनको क्ष्ँती भएको जानकारी आएसंगै त्यस क्षेत्रका सांसद समेत रहेका प्रतिनिधीसभाका सभामुख अग्नी सापकोटा सिन्धुपाल्चोकतर्फ लागेका छन् । सभामुख सापकोटा बाह्बिसे–७ घुम्थाङ जानन लागेकाे सभामुखका  प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी गराएका छन्।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको थियाे । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्