भोकाहरु सधै भोकै बस्दैनन्, ढुंगामुढा गरेर नेताहरुको सम्पति कब्जा हुनसक्छ : नेता न्यौपाने

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ८ : ३८


काठमाडौं । सत्तारुढ दल नेकपाका युवा नेता लेखनाथ न्यौपानेले भोकाहरु अब विद्रोहमा उत्रनसक्ने चेतावनी दिएका छन्।

कोरोना महामारीले हाल देशको समस्यालाई उजागर गरिदिएको भन्दै उनले समस्याको समाधान नभए चाँडै मुलुकमा विद्रोह हुनसक्ने बताएका छन्।

राजनीति कमाउने भाँडोको रुपमा बुझ्न थालिएको भन्दै अहिले नेताहरु रातारात कसरी धनी हुनसकिन्छ भन्नेमा लागेको आरोप लगाए।

जनता र नेताको जीवनशैलीबीच निकै भिन्नता रहेको बताउँदै नेता न्यौपानाले भोका जनताले विद्रोह गरेर नेताको सम्पती कब्जा गर्न सक्ने बताएका छन्।

राजनीतिमा यस्तै तरिका भए जनताले नेताहरुमाथी ढुङ्गामुढा गर्ने र सम्पती कब्जामा लिने उनको टिप्पणी छ।

‘भोकाहरु सँधै भोकै बस्देनन्, उनीहरु विद्रोह गरिहाल्छन् त्यो व्रिदोह भन्दा अगाडि एकपटक गम्भिरता पूर्वक पछाडि फर्केर समिक्षा गर्न जरुरी छ’, उनले भनेका छन्।

कोरोना महामारीको अहिलेको बेला विदेशका कोही नागरिक नेपालमा थुनिएको भए उनीहरुलाई समेत खुवाउने पर्नेबेला आफ्नै जनतालाई समेत सरकारले नहेरेको उनले बताए।

नेकपाको कार्यशैलीलाई लिएर आलोचना गर्दै आएका युवा नेता न्यौपानेले नेकपाले सही विचारनै पकड्न नसकेको आरोप लगाए।

नेकपाको वर्गीय दृस्ठिकोण निकै कमजोर र भुत्ते भएको भन्दै उनले जिम्मेवार तहकै नेताहरु परिवार र सम्पत्तिसगको सम्बन्धमा निकै फसेको धारणा राखे।

लेखक तथा खरो वक्ताको रुपमा परिचय बनाएका नेता न्यौपानेले यस्तै तरिकाले जानेहो भने जनताले धावा बोलेर नेताका सम्पत्ति कब्जा गर्ने तर्क गरेका हुन।

प्राइम टाइम्स टेलिभिजनमा दिएको उनको अन्तरवार्ता तल हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्