चीनले आफ्नो कब्जामा रहेका ५ भारतीय नागरिकलाई बुझायो

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  २ : ५१


नयाँ दिल्ली । चिनियाँ सेनाले आफ्ना कब्जामा रहेका ५ भारतीय नागरिकलाई भारतीय सेना समक्ष बुझाएको छ।

उनीहरु केही दिन अघि भारतको अरुणाञ्चल प्रदेशबाट वेपत्ता भएका थिए। माछा मार्न गएका बेला आफ्ना नागरिक हराएपछि भारतले उनीहरुलाई चीनले नियन्त्रणमा लिएको आरोप लगाएको थियो।

भारतीय संचारमाध्यमका अनुसार हाल उनीहरुलाई भारतीय सेना समक्ष चिनले हस्तान्तरण गरेको हो।

उनीहरुलाई १४ दिन क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ।

केही समय अगाडिदेखि अप्पर सुबानसिरी जिल्ला नजिकको भारत–चीन सीमानजिक सेरा ७ भन्ने क्षेत्रबाट माछा मार्न गएका पाँच भारतीय नागरिक वेपत्ता भएका थिए।


प्रतिक्रिया दिनुहोस्