वेबसाइटका ‘किरा’ अर्थात् ‘एपहरू’

प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार


काठमाडौं । कोरोना भाइरस महामारीका कारण धेरै मानिसले जागिर गुमाएका छन् । व्यापार व्यवसाय गर्नेहरुको अवस्था पनि उस्तै छ।

महामारी नियन्त्रणका लागि भन्दै सरकारले कहिले लकडाउन त कहिले निषेधाज्ञा जारी गर्दा धेरैको कमाइमा मन्दी छाएको छ ।

तर, पाँचथर हिलियाङटार गाउँपालिका ४ का टुरुप संग्रौला र झापाका ईशान सिटौलालाई भने यसले कुनै असर गरेको छैन । बरु उनीहरुको व्यवसाय थप फस्टाएको छ ।

राजधानीको मध्य बानेश्वरमा वेबसाइट निर्माण गर्ने कम्पनी ‘एपहरु’का सञ्चालक संग्रोला र सिटौलालाई यतिबेला पनि भ्याइनभ्याइ छ ।

उमेरले २७ वर्षमात्र पुगेका सुनौलो जुल्फी र हँसिलो अनुहारका संग्रौला र सिटौलाको टीमका १६ जना साथीहरुले खटिएर काम गरिरहेका छन् जसको नतिजा सुखद् रहेको उनीहरु बताउँछन् ।

कोरोना महामारीका कारण धेरैले कामबाट हात धुने अवस्था बनेको छ तर इन्टरनेट वा अनलाइनबाट हुने काम भएकाहरु भने बेरोजगार बन्नुपर्ने अवस्था खासै बनेको छैन । जसका कारण पनि मानिस त्यसतर्फ आकर्षित भएका छन् त्यसको लाभ संग्रौला र सिटौलाको टिमले लिइरहेको छ ।

‘लकडाउनका कारण धेरैले जागिर गमाउनु भएको छ, कामहरु बन्द भएका छन् तर हाम्रो व्यवसायमा भने यसले खासै असर गरेको छैन,’ संग्रौला भन्छन्,‘कोरोनाले धेरैलाई इन्टरनेटबाट गर्ने खालका व्यवसाय तर्फ आकर्षित गरेका कारण पनि हाम्रो व्यवसायमा अहिलेको परिस्थितिले असर परेको छैन ।’

एक हजार भन्दा धेरै वेबसाइट

एपहरुका सञ्चालक संग्रौलाका अनुसार उनीहरुको कम्पनीले एक हजार भन्दा धेरै वेबसाइट निर्माण र पुननिर्माणको काम गरेको छ ।

उनीहरुले एक सय भन्दा धेरै न्यूज साइट(अनलाइन न्यूज पोर्टल) बनाएका छन् ।

उनीहरुले बनाएका न्यूज पोर्टलहरु वेवसाइटको नेपाल ¥यांकिङको लिस्टिङ टप ५० भित्र धेरै रहेका छन् ।

त्यस्तै उनीहरुले विभिन्न संघ संस्था र व्यक्तिहरुको वेब साइटहरुसमेत बनाएका छन् । जसमा ठूला र नाम चलेका विदेशी संस्थाहरुसमेत रहेको सञ्चालक सिटौला बताउँछन् ।

हास्कलाकार मनोज गजुरेलले सञ्चालन गरिरहेको गजुरियल डटकमदेखि प्रदेश १ को मुख्यमन्त्री कार्यालय सम्मको वेवसाइट उनीहरुले निर्माण गरेका छन् ।

‘अहिले हामीले १ सय भन्दा धेरै वेबसाइटहरु बनाएका छौं त्यसमा सबैभन्दा धेरै न्यूज पोर्टलहरु छन्’ संग्रौलाले भने ।

एपहरुले टेलिभिजन च्यानलहरुले सञ्चालन गर्ने वेवसाइट पनि बनाएका छन् । न्यूज २४ र एबीसी लगायतका टेलिभिजन र अहिले चलनचल्तीमा रहेका धेरै न्यूज पोर्टल एपहरुले बनाएको छ ।

एपहरुले आफ्नो वेबसाइटमा राखेको जानकारी अनुसार कम्पनीले ठूलो संख्यामा समाचार पोर्टलहरु निर्माण गरेको छ ।

लकडाउनका कारण मानिसहरु घर भित्रै रहने र समाचारमा सबैको चासो हुने भएका कारण पनि यसतर्फ धेरैको आकर्षण भएको हुन सक्ने संग्रौला बताउँछन् ।

वेबसाइट पाँच हजारदेखि लाखौं मूल्यसम्मका हुन्छन् । रकमको मूल्यांकन वेवसाइटका फिचरका आधारमा फरक पर्न जान्छन् ।

लकडाउनका कारण धेरै सञ्चारगृहहरुबाट कर्मचारी कटौती भएको र बेरोजगार बन्ने अवस्था बनेसँगै धेरै पत्रकारहरु आफूहसँग जोडिएको उनको अनुमान छ ।

फेसबुक र गुगलले दिने पैसाका कारण पनि विशेषगरि पत्रकारहरु आफै वेबसाइट चलाउन तर्फ आकर्षित भएका हुनसक्ने उनी बताउँछन् ।

नेपालमा युट्युवको आकर्षण पनि बडिरहेको छ । युट्युवबाट राम्रौ आम्दानी हुनेभएपछि कतिपय युट्युव सञ्चालकहरुले वेवसाइट पनि बनाउने गरेका छन् ।

‘पछिल्लो समय वेवसाइट बनाउनेको संख्या बढेको छ । धेंरैले समाचार पोर्टल बनाइरहेका छन्,’ उनी भन्छन्, ‘लकडाउनले बेरोजगारी बढेका कारण अनलाइन तर्फ मानिसहरुको आकर्षण बढेको हो, यसमा फेसबुक र गुगलले पनि पैसा दिने भएका कारण आकर्षण बढेको हो ।’

पाँच हजारदेखि लाखौं मूल्यका वेवसाइट

सञ्चालक संग्रौलाका अनुसार वेबसाइट पाँच हजारदेखि लाखौं मूल्यसम्मका हुन्छन् । रकमको मूल्यांकन वेवसाइटका फिचरका आधारमा फरक पर्न जान्छन् ।

वेबसाइटको निर्माणमा धेरै पक्षले प्रभाव पार्ने भएका कारण त्यसको मूल्य फरक फरक हुने संग्रौला बताउँछन् ।

‘वेबसाइट मात्र भनेर हुँदैन त्यसको मूल्यमा फरक पर्न जान्छ । त्यसमा गरिने डिजाइन, होस्टिङ, सरोबर लगायतले पनि असर गर्छ । हामीले पाँचहजार देखि २५/३० तीसलाख सम्मका वेवसाइट बनाएका छौं’ संग्रौला भन्छन् ।

व्यवस्थापन पढेर आइटीमा सफलता !

टुरुप संग्रौलाको जन्म पाँचथरको हिलियाङ टार गाउँपालिका ४ मा भएको हो । उनले विद्यालय शिक्षा फिदीम र झापामा पूरा गरेका थिए ।

फिदिममा रहेको नमूना माबीवाट एसएलसी गरेका संग्रौलाले प्लस टु व्यवस्थापन संकायमा गरेका थिए । झापाबाट प्लसटु गरेका उनले राजधानीको शंखरदेवबाट व्यवस्थापन संकायमा स्नातक गरेका छन् ।

नाताले संग्रौलाका मामा पर्ने सिटौला झापा दुवागढीका हुन् । स्कुले शिक्षापछि सिटौलाले आइटी अध्ययन गरे । सानैदेखि सूचना प्रविधीको क्षेत्रमा रुची भएका उनले राजधानीको लर्ड बुद्धमा आइटी अध्ययन गरेका हुन् ।

आफूले अध्ययन गरेको क्षेत्रमा लागेर पनि कतिपयले सफता हासिल गर्न नसकेको उदाहरण प्रस्त छन् तर सिटौलाले आफ्नै क्षेत्रमा सफता हात पारिरहेका छन् । आइटीको औपचारिक अध्ययन नगरेपनि उनका भान्जा संग्रौलाले भने फरक विधामा गएर पनि सफलता हात पारेका छन् ।

व्यवस्थापन पढेर पनि संग्रौला कसरी आइटीमा अब्बल बने त ? भन्छन्,‘रुची लागेको क्षेत्रमा लाग्दा फाइदा पुग्ने रहेछ ।’

सन् २०१२ बाट वेवसाइट बनाउने काम थालेका सिटौला र संग्रौलाले क्लाइन्टको संख्या बढेसँगै २०१७ बाट एपहरु प्राली सञ्चालन गरेर वेबसाइट बनाउने कामलाई व्यवस्थित गरेका हुन् ।

सानैदेखि आइटी क्षेत्रमा रुची रहेका संग्रौलाले इन्टरनेटको सहाराले नै ज्ञान लिएको बताउँछन् ।

आफूले केही समय वेवसाइट बनाउने ट्रेनिङ गरेपनि त्यसलाई पूरा गर्न नपाएको तर इन्टरनेटबाटै धेरै कुरा सिकेको उनी बताउँछन् ।
काम गर्दै जाँदा धेरै कुरा सिक्ने अवसर पनि पाएको उनी बताउँछन् ।

दुबै जनाले वेवसाइटको काम गर्ने भएपनि आफू अलि बढी व्यवस्थापन, क्लाइन्टसँगको डिलमा रहने गरेको संग्रौला बताउँछन् ।

सन् २०१२ बाट वेवसाइट बनाउने काम थालेका सिटौला र संग्रौलाले क्लाइन्टको संख्या बढेसँगै २०१७ बाट एपहरु प्राली सञ्चालन गरेर वेबसाइट बनाउने कामलाई व्यवस्थित गरेका हुन् ।

यतिबेला आफूहरु वेबसाइट, मोबाइल एप, सपोर्टमा बढी सक्रिय रहेको र ग्राफिक्स काम पनि गर्ने गरेको सिटौला बताउँछन् ।

सुरुमा वेवसाइटहरुलाई डाउनलोड गर्ने डाउनलोडिङ साइट बनाउन कम्मर कसेका मामा भान्जाले त्यसमा सफलता हात पर्न सकेनन् ।

एउटा काम गर्न सकिएन भनेर हतास भइयो भने थप सफलता हात पर्न सकिँदैन भनेर निरन्तर यही क्षेत्रमा खटिरहेका संग्रौलाले भने, त्यसपछि दुई जना मिलेर वेबसाइटको काम थाल्यौं र यो अहिले यो अवस्थामा आइपुगेका छौं ।’

एपहरु कम्पनीले अहिले होस्टिङ सर्भिस सुरु गरेको छ । नेपालमा गुणस्तरीय होस्टिङ नभएको कारण आफूहरुले यसको सुरुवात गरेको सिटौला बताउँछन् ।

वेबसाइट मात्र नभएर फेरि रिडिजाइन गर्दा त्यसको डाटा सुरक्षित गर्ने काममा यसले फाइदा पुग्ने उनी बताउँछन् ।

सिटौलाका अनुसार अहिले विशेषगरि एपहरुसँग वेवसाइट रिडिजाइनका काम बढी मात्रामा आइरहेका छन् ।

अन्य कम्पनी र व्यक्तिले बनाएका वेबसाइटमा समस्या आएपछि मानिसहरुले विशेषगरि आफूहरुलाई रोज्ने गरेको सिटौला बताउँछन् ।

किन रिडिजाइन ?

कुनै पनि वेबसाइट सुरुमा विभिन्न प्रकृया पार गर्दै निर्माण हुन्छ । कतिपयले निर्माण गर्ने काम मात्र यस्ता कम्पनी वा आइटी पढेका व्यक्तिलाई दिने गर्छन् । यसरी सञ्चानमा रहेका र व्यवसायीक रुपमा चलेका कम्पनीहरुले बनाएका वेवसाइटमा समस्या आउँदा त्यसको समाधान हुन नसकेपछि साइट रिडिजाइन गर्ने गरिन्छ ।

साइबर सुरक्षा, ट्राफिक(भिजिटर) व्यवस्थापन, वेबसाइटको आकर्षकता, क्लाइन्टको आवश्यकता अनुसारको फिचर आदीको कुशल रुपमा व्यवस्थापन गर्ने भएका कारण एपहरुसँग जोडिनेको संख्या बढिरहेको संग्रौला बताउँछन्

‘अरुले बनाएका साइटहरुमा समस्या आएपछि धेरै क्लाइन्टहरु हामीकहाँ आइपुग्नु हुन्छ,’ सिटौलाले भने, ‘हामीले त्यसका हरेक प्राविधिक पक्ष हेरेर सरल मूल्यमा समस्या समाधान गरिदिने गरेका छौं ।’

साइबर सुरक्षा, ट्राफिक(भिजिटर) व्यवस्थापन, वेबसाइटको आकर्षकता, क्लाइन्टको आवश्यकता अनुसारको फिचर आदीको कुशल रुपमा व्यवस्थापन गर्ने भएका कारण एपहरुसँग जोडिनेको संख्या बढिरहेको संग्रौला बताउँछन् ।

इन्स्ट्यान्ट आर्टिकलको माध्यमबाट फेसबुक वा अन्य माध्यमबाट आउने पैसाको व्यवस्थापन देखि सामाजिक सञ्जालको व्यवस्थापनसम्मको काम आफूहरुले गरिरहेको संग्रौला बताउँछन् ।

हामीहरुले रिडिजाइनका काम मात्र होइन, एप, न्यूज पोर्टल र अन्य वेवसाइटलाई आम पव्लिककहाँ लैजाने कामको प्राविधिक सहयोग पनि हामीले गर्ने गरेको छौं, सिटौलाले भने ।

आफूहरुसँग सामाजिक सञ्जाल फेसबुकको धेरै पेजहरु रहेको संग्रोला बताउँछन् ।

न्यूज पोर्टलका लागि आफ्ना समाचारहरु पाठकसमक्ष लैजान अहिले फेसबुक पेज निकै महत्वपूर्ण हुन्छ ।

धेरै जसो वेवसाइटहरुमा भिजिटर अर्थात् पाठक सामाजिक सञ्जाल मार्फत जोडिन्छन् । सिधै वेबसाइटमै गएर समाचारहरु वा कुनै पनि संस्थाको जानकारी लिने नेपाली पाठकको संख्या न्यून रहेको छ ।

हामीले वेवसाइट बनाउने देखि पेजको व्यवस्थापनसँगै सबै पक्ष मिलाइदिने गरेका छौं,’ संग्रौलाले भने, ‘लाखौंको संख्यामा लाइक भएका पेजहरु हामीसँग छ । जसको फाइदा क्लाइटले राम्रोसँग लिन सक्छन् ।’


प्रतिक्रिया दिनुहोस्