एनटीसीको सस्तो डाटा प्याक– २०० रुपैयाँमा किन्नुहोस् १० जीबी

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले आफ्नो ग्राहकका लागि आकर्षक डाटा प्याक ल्याएको छ ।

कोरोना भाइरसको महामारीका बेला घरमा बस्न उत्प्रेरित गर्ने उद्देश्यसहित ग्राहकहरुका लागि कम रकममै ठूलो भोल्युममा डाटा खरिद गर्न मिल्ने आकर्ष योजना ल्याएको छ ।

कम्पनीले ल्याएको ‘स्टे कनेक्टेड’ प्याकअन्तर्गत एनटीसीको नेटवर्क प्रयोगकर्ताले २०० रुपैयाँमै १० जीबीसम्म डेटा प्रयोग गर्न पाउने छन् ।

२०० रुपैयाँमा २ जीबी नियमित डाटा प्राप्त हुने छ भने ४जी नेटवर्कमा प्रयोग गर्न मिल्ने ८ जीबी डाटा बोनसमा प्राप्त हुने छ । यो प्याकको अवधि ७ दिनको हुने छ ।

कम्पनीले १०० रुपैयाँमा ४ जीबी डाटा प्याक पनि ल्याएको छ । जसमध्ये १ जीबी डाटा नियमित रुपमा प्रयोग गर्न सकिने छ भने ३ जीबी डाटा ४जी नेटवर्कका लागि बोनसका रुपमा प्राप्त हुने छ । यो प्याकको अवधि भने ५ दिनको हुने एनटीसीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्