अवैध रुपमा घरेलु रक्सी उत्पादन गरेको आरोपमा कुवेतमा २ जना नेपाली पक्राउ

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


काठमाडौं । अवैध रुपमा घरेलु मदिरा उत्पादन गरी विक्री वितरण गरेको आरोपमा कुवेतमा २ जना नेपाली पक्राउ परेका छन् ।

कुवेतको अहमदी पुलिस स्टेशनबाट खटिएको प्रहरीले महबुला उपमहानगर क्षेत्रको एउटा अपार्टमेन्टमा छापा मारी २ जना नेपालीलाई पक्राउ गरेको हो ।

कुवेत प्रहरीले उनीहरुले आफू बस्ने कोठामै मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गरेका थिए ।

प्रहरीले पक्राउ परेका नेपालीहरुको कोठाबाट मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ, केही ड्रमहरु र बिक्रीका लागि तयारी अवस्थामा राखिएको मदिरा बरामद गरेको जनाएको छ ।

मदिराको कारोबार अवैध मानिने कुवेतमा यसअघि पन केही नेपालीहरु घरेलु मदिरा उत्पादन गरेको आरोपमा पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस्