वृद्धको हत्या गरी झोलामा टाउको लिएर हत्यारा प्रहरी कार्यालयमा पुगेपछि…

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ११ : ४०


धादीङ । नीलकण्ठ नगरपालिका वडा नम्बर १३ खल्चेतका ६५ वर्षीय सोमबहादुर गुरुङको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

बिहिबार राती ११ बजे भएको उक्त घटनापछि हत्यामा संलग्न २६ वर्षीय राजु परियार सोमबहादुरको टाउको (शीर) र हतियारसहित प्रहरीकोमा आत्मसमर्पण गर्न पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काका अनुसार विवाद भएपछि आफूले हत्या गरिदिएको ती युवकले प्रहरीलाई निर्धक्क बताएका छन् भने थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्