दाङमा भेटियो लोपोन्मुख प्रजातिको पहेँलो कछुवा

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा पर्ने दोलई खोलामा पहेँलो रङको कछुवा भेटिएको छ । स्थानीयवासी १७ वर्षीय देवीराम चौधरीले परम्परागत रुपमा माछा मार्ने क्रममा बिहीबार उक्त कछुवा भेटाएका हुन् ।

राप्ती गाउँपालिकाका प्रेस संयोजक तीर्थराज ज्ञवालीका अनुसार खोलामा भेटिएकोे कछुवा राप्तीमा गठित वडास्तरीय जलीय जैविक विविधता संरक्षण समूहले सामुदायिक वन क्षेत्रको पोखरीमा छाडेको थियो ।

संरक्षण समूहका उपाध्यक्ष जगनारायण चौधरीले उक्त कछुवा भद्दैर प्रजातिको लोपोन्मुख भएको र स्थानीय थारु समुदायमा सुपा जस्तो ठूलो हुने भएकाले सुप्पैहवासमेत भन्ने गरिएको जानकारी दिए ।

सो कछुवा १५ वर्षपछि दोलई खोलामा देखिएको हो । यसको तौल ३० केजीसम्म हुने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्