हलिउड अभिनेता रोबर्ट पाटिनसन कोरोना संक्रमित

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : ५७


काठमाडाैं । हलिउड अभिनेता रोबर्ट पाटिनसन कोरोना संक्रमित भएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अभिनेता पाटिनसन कोरोना पोजेटिभ भएको जानकारी दिएको छ ।

योसँगै उनको हाल जारी रहेको फिल्म द ब्याटम्यानको प्रोडक्सनको काम रोकिएको छ ।

फिल्म निर्माता कम्पनि वार्नर ब्रदर्शका प्रवक्ताले ब्याटम्यान प्रोडक्सनका एक सदस्य संक्रमित भएको बताएपनि ति संक्रमित व्यक्ति अभिनेता पाटिनसन भएको बारे उल्लेख गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्