ललितपुरमा भोलि बिहानबाट कर्फ्यु

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ९ : १६


काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेबाट कर्फ्यु लगाउने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर जिल्लामा पर्ने चक्रपथ भित्रका सबै क्षेत्रमा कर्फ्यू लगाउने निर्णय गरेको छ।

यो आदेशसँगै शुक्रबार ललितपुरको रिङरोडभित्र कर्फ्यु हुने छ भने रिङरोडबाहिर निषेधाज्ञा मात्र रहने छ।

ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

बिहिबार ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथको रथ तान्दा स्थानीयवासी र प्रहरीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णय आएको हो।

बिहीबार दिउँसो पुल्चोकमा प्रहरी र स्थानीयवासी बीच झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो।  बस्नेतले बताए।

सो स्थितिलाई नियन्त्रणमा लिन बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए।

ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ ९बुगःद्य० रथ विधिवत रूपमा बिहीबार तान्दै गुठियार र स्थानीयवासी । गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण रोकिएको थियो । अहिले पनि निषेधाज्ञा बाबजुद स्थानीय जनताको दबाबमा रथ तान्न सुरू गरेको हो । रथ गावहालसम्म पु¥याउने लक्ष राखिएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस

यो पनि पढ्नुहोस्

ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जना पक्राउ

ललितपुरमा भीडबाट प्रहरी कुटिए, मोटरसाइकल जलाइयो(भिडियो)


प्रतिक्रिया दिनुहोस्