रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच दोस्रो पटक पनि झडप, केही घाइते

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ५ : ०१


काठमाडौं । निषेधाज्ञाका बीच स्थानीय युवाहरुले रातो मच्छिन्द्रनाथको रथ तान्न खोज्दा ललितपुरको पुल्चोचकमा तनाव उत्पन्न भएको छ ।

प्रहरीले रथ तान्नेहरुलाई रोक्न खोज्दा प्रहरी र स्थानीयबीच दोस्रोपटक पनि झडप भएको छ ।

रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार दिउँसो पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा पहिलो झडप भएको थियो ।

निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि झडप भएको थियो ।

प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास समेत प्रयोग गरेको थियो ।

स्थानीय युवाले रथ तान्‍न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याएका थिए ।

दोस्रो पटक पुनः आक्रोशित युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि झडप भएको थियो ।

झडपमा परी केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीले डिउटीमा रहेका एक ट्राफिक प्रहरीमाथि निर्घात कुटपीट गरेका छन् ।

यो पनि पढ्नुहोस्

निषेधाज्ञाका बीच रथ तान्न खोज्दा पुल्चोकमा तनाव, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

ललितपुरमा भीडबाट प्रहरी कुटिए, मोटरसाइकल जलाइयो(भिडियो)

ज्यापु समाजले भन्यो– अराजक समूहले मच्छिन्द्रनाथको रथ तान्न खोज्यो

कुटपिटमा परेका ट्राफिक प्रहरी जवान अस्पताल भर्ना

 


प्रतिक्रिया दिनुहोस्