काठमाडौं उपत्यकाका थप ४ सय ४५ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ४ : ३५


काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गरी थप ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुर जिल्लामा ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरी थप १ हजार २ सय २८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार ४ सय १३ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्