आज थपिए नेपालमा अहिलेसम्मकै बढी कोरोना संक्रमित

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ४ : ३५


काठमाडौं । आज देशभर कोरोनाका १२२८ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो ।

यसअघि गत आइतबार एकैदिन १२२१ जना कोरोना संक्रमित थपिएका थिए।

यीसहित हालसम्म संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ सय ७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ। संक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्