बालुवाटारमा नेकपा सचिवालय बैठक

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ३ : ४१


काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक सुरु भएको छ ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकारी दिए ।

आज विहानका लागि तय भएको बैठक अपराह्न तीन बजेका लागि सारिएको थियो ।

राष्ट्रिय सभामा मनोनित गर्ने व्यक्तिबारे आजको बैठकले निर्णय गर्ने नेताहरुले बताएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल शनिवारदेखि सकिन लागेसँगै नेकपामा कसलाई मनोनित गर्ने भन्ने विवाद देखिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली खतिवडालाई नै निरन्तरता दिन चाहन्छन् भने प्रचण्ड लगायत बहुमत नेता उपाध्यक्ष गौतमलाई लैजाने यसअघिको निर्णय कार्यान्वयमा जोड दिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्