ललितपुरमा भीडबाट प्रहरी कुटिए, मोटरसाइकल जलाइयो(भिडियो)

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ३ : ०६


काठमाडौं । ललितपुरमा अग्रपंक्तिमा खटिएका एक ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट भएको छ भने उनी सवार मोटरसाइकल जलाइएको छ।

रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच झडप भएको हो।

आन्दोलनकारी युवाहरुले प्रहरीको मोटरसाइकल जलाएका छन्।

निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए। ११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए।

दिउँसो १ बजेपछि अवस्था तनावपूर्ण बन्दै गएको छ।

युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

उक्त क्षेत्रमा अहिले पनि तनाव कायमै छ।


यो पनि पढ्नुहोस्

निषेधाज्ञाका बीच रथ तान्न खोज्दा पुल्चोकमा तनाव, प्रहरीद्वारा अश्रु ग्यास प्रहार


प्रतिक्रिया दिनुहोस्