३ लाख रुपैयाँ नगदसहित मोरङमा १२ जना जुवाडे पक्राउ

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ११ : ५३


विराटनगर । मोरङको कानेपोखरी-५ चालिसबिघेमा रहेको एक घरबाट ३ लाख रुपैयाँ नगदसहित १२ जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा अनारमुनीका ३६ बर्षीय बिमल गुरुङ, ३७ बर्षीय संजिव भघनी, झापा हल्दिबारीका ३६ बर्षीय तारा कुमार जोगी र झापा बुद्दशान्तीका २८ बर्षीय श्याम लिम्बु छन् ।

यस्तै, ३८ बर्षीय मनिष लिम्बु, मोरङ बेलबारीका ३६ बर्षीय बिमल गुरुङ, ५२ बर्षीय चन्द्र लिम्बु, ३७ बर्षीय कृष्ण लिम्बु , लेटाङ-५ का ३१ बर्षीय समिर तामाङ, सुनसरी धरानका ३९ बर्षीय रुपजंग लिम्बु, २९ बर्षीय किरङ उदास र २४ बर्षीय राजन पौडेल पनि जुवा खेल्दै गरेको पक्राउ परेका छन् ।

किशोर लुईटेलको घरमा जुवा तास खेलीरहेको भन्ने विशेष सुराकका आधारमा हिजो दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट २ लाख ८९ हजार ५ सय ३१ रुपैया समेत बरामद गरिएको छ । प्रक्राउ परेका १२ जना लाइ इलाका प्रहरी कार्यालय पथरीबाट कानूनी कारबाही अगाडी बढाइएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्