पाटन अस्पतालमा उपचाररत भक्तपुरकी महिलाको मृत्यु

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ११ : ४२


काठमाडौं । पाटन अस्पतालमा उपचाररत भक्तपुर थिमीकी ४० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

महिलाको बुधबार राति पौने दुई बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए।

लामो समयदेखि किड्नीका बिरामी रहेकी मृतक महिलालाई बुधबार साँझमात्र अस्पताल भर्ना गरिएको थियो।

उनले महिलामा कोरोना भने अस्पताल ल्याउनुअघि नै पुष्टि भएको बताए।


प्रतिक्रिया दिनुहोस्