बलिउड अभिनेता दीलिप कुमारका भाईको कोरोना संक्रमणबाट निधन

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  १० : ०६


काठमाडाैं । बलिउड अभिनेता दीलिप कुमारको दोस्रो भाई अहसान खानको बुधबार राती ११ बजे निधन भएको छ ।

उनी कोरोना भाइरससँग लडिरहेका थिए ।

अगस्ट २१ मा दीपिको अर्को भाईले पनि कोरोना संक्रमणको कारण ज्यान गुमाइसकेका छन् ।

दीलिपको दुई भाई असलम र अहसान खान दुबै जना कोरोना पोजेटिभ थिए ।

उनीहरुमा अक्सिनको कमि देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

अहसान खानको उमेर ९० वर्ष थियो । उनी ब्लड प्रेसरको बिरामी थिए ।

दीलिप कुमारको दुई भाईको निधन ११ दिनको अन्तरालमा भएके छ ।


प्रतिक्रिया दिनुहोस्