नेकपा केन्द्रीय सचिवालय बैठककाे समय परिवर्तन, दिउसो ३ बजेका लागि सारियाे

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ९ : २५


काठमाडौं । आज विहान ११ बजेका लागि बोलाइएको नेकपा केन्द्रीय सचिवालयको बैठक समय परिवर्तन भएको छ ।

गृहकार्य नपुगेको भन्दै बैठक दिउसो ३ बजेका लागि सारिएको नेकपाले जनाएको छ ।

आज नेकपा विवाद मिलाउन गठित कार्यदलले दिएको प्रतिवेदनमाथि पनि सचिवालयमा छलफल गर्ने तालिका छ ।

प्रतिवेदनको मर्म विस्तार गर्न कार्यदलका सदस्यहरु पनि आजको सचिवालय बैठकमा बोलाइने बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्