विश्वमा एकैदिन दुई लाख ८४ हजार ९ सय ६९ जनामा काेराेना संक्रमण

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ७ : ३३


काठमाडौं । विश्वमा एकैदिन दुई लाख ८४ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन दुई लाख ८४ हजार ९ सय ६९ जना नयाँ संक्रमित थपिएका हुन् ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ६१ लाख ६८ हजार ९ सय ७५ पुगेको छ । त्यस्तै विश्वमा एकैदिन ६ हजार २ सय ७५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

विश्वमा कोरोनाबाट ज्यान जानेको संख्या ८ लाख ६६ हजार ५ सय ७३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्