नेमारलाई कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ७ : ०५


काठमाडाैं । पेरिस सेन्ट जर्मेनका फुटबलर नेमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२८ वर्षीय ब्राजिलियन फुटबलरलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पेरिस सेन्ट जर्मेन हालै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा वार्यन म्युनिकसँग पराजित भएको थियो ।

क्लबले यस अघि तीन जना खेलाडीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।

क्लबले एक विज्ञप्ति जारी गर्दै भनेकाे छः ‘तीन जना खेलाडी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छन् ।’


प्रतिक्रिया दिनुहोस्