भारतमा एकै दिन ८२ हजारभन्दा धेरै संक्रमित थपिए

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ६ : ४५


काठमाडौं । भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ८६० जना संक्रमित थपिएसँगै हालसम्म ३८ लाख ४८ हजार ९६८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार २६ जनाको कोरोनाका कारण ज्यान गुमेको भारतमा हालसम्म ६७ हजार चार सय ८६ जनाको मृत्यु भइसकेको छ ।

मृतक र संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित र कोरोनाका कारण ज्यान गुमाउनेको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्