कोरोनाबाट स्वास्थ्यकर्मीको ज्यान गएपछि केजरीवालले गरे प्रशंसनीय काम

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १० : १६


नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना संक्रमणबाट निधन भएका एक स्वास्थ्यकर्मीका परिवारलाई घरमै गएर सहायता प्रदान गरेका छन्।

कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्दै आएका स्वास्थकर्मीको संक्रमणकै कारण ज्यान गएको थियो।

संक्रमणबाट निधन भएका स्वास्थ्यकर्मीको परिवारलाई दिल्लीका मुख्यमन्त्री केजरीवालले घरमै गएर १ करोड (भारु) सहयोग प्रदान गरेका हुन।

स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने काम गरेको भन्दै केजरीवालको चौतर्फी प्रशंसा भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्