आज कुन जिल्लामा कति जना थपिए संक्रमित (नामसहित)

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : ३७


काठमाडौं । बुधबार मुलुकभर कोरोनाका ११२० संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

यीसहित हालसम्म संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्।

यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ। संक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका एकजना, ओखलढुंगाका २ जना, खोटाङका एकजना, झापाका ११ जना, धनकुटाका २ जना पाँचथरका एकजना,भोजपुरका ३ जना, मोरङका ५३ जना, सुनसरीका ७२ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश २ का जिल्लाहरुमा धनुषाका ६३ जना, पर्साका ४९ जना, बाराका २३ जना, महोत्तरीका ३१ जना, रौतहटका १८ जना, सप्तरीका १२ जना, सर्लाहीका ५० जना, सिरहाका १५ जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३५० जना, काभ्रेका एकजना, चितवनका ४३ जना, धादिङका २ जना, नुवाकोटका एकजना, भक्तपुरका ९ जना, मकवानपुरका ३३जना, रामेछापका २ जना, ललितपुरका २९जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २४ जना, गोरखाका एकजना, तनहुँका ४ जना, नवलपरासी पूर्वका १६ जना,पर्वतका एकजना, लमजुङका १९ र स्याङ्जाका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, दाङका ६ जना, नवलपरासीका ३ जना, पाल्पाका एकजना, प्युठानका २ जना,बर्दियाका ५ जना, बाँकेका ४१ जना, रुपन्देहीका २७ जना र रोल्पाका एकजनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली प्रदेशका जिल्लाहरुमाम कालिकोटका २१ जना, जुम्लाका ३७ जना, दैलेखका एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका एकजना, कंचनपुरका ३ जना, कैलालीका १३ जना, डडेल्धुरका एकजना, बझाङका ९ जना र बैतडीका एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्