काठमाडौंमा आज थपिए ३ सय ८८ जना कोरोना संक्रमित

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ४ : ३४


काठमाडौं । पछिल्ले २४ घन्टामा काठमाडौं उपत्यका थप ३सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ३सय ५० ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा संक्रमणा पुष्टि भएको उनले जानकारी दिए ।

आज कोरोना भाइरस निको भएर १ हजार १ सय १२ जना डिस्चार्ज भएका छन् ।

आज सम्म २३ हजार २ सय ९० जना डिस्चार्ज भएको डा गौतमले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्