युरोपमा देशव्यापी लकडाउन आवश्यक छैन : डब्लुएचओ

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ४ : १३


एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपमा अब देशव्यापी लकडाउनको आवश्यकता नरहेको जनाएको छ।

कोरोनाको कुनै खोप नभएपनि युरोप अगाडी बढ्न सक्ने डब्लुएचओले जनाएको छ।

स्थानीय रूपमा लकडाउन लगाएर युरोप खोप बिना पनि चलायमान रहनसक्ने डब्लुएचओको धारणा सार्वजनिक भएको हो।

डब्लूएचओ युरोपका क्षेत्रीय निर्देशक हेन्स क्लुगले स्काई न्युजसँग कोरोना भाइरसकै उपस्थितीमा पनि युरोप अगाडि बढ्नसक्ने बताए।

आउँदा महिनामा संक्रमणको दोस्रो लहरबाट बच्न फेरि देशव्यापी लकडाउन हुन सक्छ कि? भनेर सोधिएको प्रश्नमा उनले अब ठूलो लकडाउने आवश्यक नपर्ने तर स्थानीय स्तरमा भने हुनसक्ने बताएका हुन।

उनले स्थानीयस्तरको लकडाउनलेनै युरोपको कोरोना नियन्त्रण हुने बताए।

क्लुगका अनुसार महामारीको साथमा बाँच्न सिके मात्र मानिसले महामारीलाई जित्नसक्छ।

कोरोनाविरुद्धको खोपले मात्र यस महामारीलाई जित्न नसकिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्