मास्क लगाएर सोह्र श्राद्ध (फोटो फिचर)

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


काठमाडौँ । असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि सुरु भएको छ ।

यसपालिको पितृपक्ष सोह्रश्राद्ध भदौ १७ गते सुरु भई ३१ गते समापन हुँदैछ ।

औँसीमा सङ्क्रान्ति परेका कारण असोज २ देखि भने एक महिना हुने अधिक मास अर्थात् पुरुषोत्तम मास पर्न जाँदा दसैँ पर सरेको छ ।

कोभिड–१९ ले एकछत्र रजाइँ गरिरहँदा चाडबाड, तिथि, पर्व कुनैमा यसपालि रौनक देखिएन ।

श्राद्धादि कर्म पनि सकेसम्म कोरोनालाई ख्याल गरी घरैमा गर्नुपर्ने बाध्यता रहेको छ ।

कतिपय स्थानीय तहले सोह्र श्राद्ध भर्चुअल तरिकाले गर्न आग्रह गरेका थिए ।

पशुपति गोकर्ण लगायतका स्थानमा आज केही व्यक्तीले आफ्ना पितृको उद्धारका लागि सोह्र श्राद्ध गरेकाे दृश्य देखिएको थियो ।

ब्राम्हण र जजमानबीच सामााजिक दूरी, फेससीड, मास्कको प्रयोग गर्दै सोह्र श्राद्ध गरिएको देख्न सकिन्थ्यो ।

 


प्रतिक्रिया दिनुहोस्