भारतमा कोरोनाबाट कुन उमेर समुहका मानिसको बढी मृत्यु? यस्तो छ तथ्याङ्क

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ३ : २४


भारतमा कोरोना भाइरसका कारण १८ बर्षदेखि ४४ बर्षको उमेर समूहका मानिसमा धेरै संक्रमण देखिएको पाइएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोनासम्बन्धी एउटा ग्राफ सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

जसमा संक्रमितमध्ये ५४ प्रतिशत १८ देखि ४४ वर्ष उमेर समूहमा पाइएको छ।

मृत्यु हुनेमा भने ५१ प्रतिशत संख्या ६० वर्ष वा त्योभन्दा बढी उमेरका रहेका छन्।

उक्त ग्राफका अनुसार १७ वर्षभन्दा कम उमेरका व्यक्तिमा ८ प्रतिशत कोरोना संक्रमण र १ प्रतिशत मृत्यु देखिएको छ।

यस्तै १८ देखि २५ वर्ष उमेर समूहका १४ प्रतिशत युवामा कोरोना संक्रमण देखिएको छ भने १ प्रतिशत मृत्युदर देखिएको छ।

२६ देखि ४४ वर्ष उमेर समूहमा २६ प्रतिशत कोरोना संक्रमण देखिएको छ भने मृत्युदर ११ प्रतिशत पाइएको छ ।

यसरी नै ४५ देखि ६० वर्ष उमेर समूहमा ३६ प्रतिशत मृत्युदर र २६ प्रतिशत कोरोना संक्रमणका घटना देखिएको छ।

भारतमा कोरोना संक्रमितको संख्या ३७ लाख ६९ हजार ५ सय २४ पुगेको छ भने ८ लाख १ हजार २ सय ८२ सक्रिय संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्