कोरोना संक्रमणकाबीच निमोनियाबारे थाहा पाउनुस्, यस्तो हुन्छ लक्षण

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ३ : ११


कोरोना संक्रमणले फोक्सोमा असर गर्दछ । फोक्सोमा असर गर्ने भएका कारण स्वास फेर्न समस्या हुन जान्छ जसको लक्षयण निमोनियासँग मिल्दो जुल्दोसमेत हुन्छ ।

निमोनिया फोक्सोको संक्रमण हुने रोग हो। यो रुघाखोकी बिग्रेर हुन्छ । प्राय बच्चालाई मात्र हुने भनेर बुझिएतापनि यसले बुढेसकालसम्मै दुःख दिन्छ।

जाडोमा निकैसावधान रहनुपर्छ। फोक्सोको संक्रमण धेरैजसो किटाणुहरुले गराउँछ । किटाणुबाहेक अरु चिजले पनि गर्छ । जस्तो एउटा निमोनियालाई केमिकल निमोनिया भनिन्छ त्यो चाहिँ विष, मट्टितेल जस्ता पदार्थहरुले गराउन सक्छ । तर मुख्य निमोनिया गराउने चाहिँ किटाणु नै हुन्।

फोक्सोभित्र हुने न्युमोनियामा वायुथैलीमा हुने रेसाहरुमा कडापन हुँदै जाने प्रक्रियाले अक्सिजन लिने क्षमता घट्दै जान्छ । यस्तो अवस्थामा थाहा नपाउने गरी वा प्रारम्भिक रोगको लक्षणका कारणले हुन्छ ।

पछिल्लो अवस्थामा खासगरी प्रारम्भिक रोगहरु जस्तै पेशागत कारणहरु जस्तै इट्टा भट्टामा काम गर्नेहरु, कोइला खानीमा काम गर्नेहरुमा साना साना धुला कणहरु फोक्सोमा छिरेर हुन सक्ने फोक्सोको रोग, बाथ रोगहरु, औषधी र विकिरणले हुने शारीरिक प्रतिक्रियात्मक रोगहरुमा फोक्सोभित्र हुने न्युमोनियो हुन सक्छ ।

सामान्यतया पुराना र बल्झँदै जाने रोगहरुलाई रोक्न कठिन हुन्छ । औषधी जस्तैः अयचतष्अयकतभचयष्मक को मात्रा बढाएर रोक्ने एउटा मान्यता त छ तर यसले सँधै ठिक हुन्छ भन्ने छैन ।

निमोनियाका लक्षण

खोकी लाग्ने,
चाँडो–चाँडो श्वास फेर्ने,
कोखामा हान्न (श्वास फेर्दा छाती र करङको भाग धस्सिने)
श्वास फेर्न गाह्रो हुने,
खोकी लाग्ने,
दुध चुस्न नसक्ने आदि ।

निमोनियाबाट कसरी जोगिने?

बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउने गर्नुपर्छ। ६ महिनापछि अरु खानेकुरा जस्तै दुई वर्षसम्म स्तनपान गराउनुपर्छ ।

जसले गर्दा एक त बच्चाको पोषण पनि राम्रो हुन्छ। त्यो बाहेक स्तनपानले रोगसँग लड्ने क्षमता पनि बढ्छ । आमाको दुधमा पोषक तत्वबाहेक रोगसँग लड्ने क्षमता हुने चिकित्सकहरु बताउँछन्।

निमोनियमा बचाउन सफासँग हात पनि धुन चिकित्सक सुझाउँछन्। प्रदुषण बढेको छ। जताततै फोहोर नै फोहरै छ।

हात नधोइकनै बच्चालाई समात्ने, बच्चालाई अंगालो हाल्ने काम गर्न नुहने डा राई बताउँछन् । यसो गर्दा हाम्रो हातमा किटाणु बच्चालाई पनि सर्न हुन्छ । सुरुमा हात धुने र त्यसपछि मात्रै बच्चा समात्ने गर्न चिकित्सक सल्लाह दिन्छन्।

सरकारले दिन सुझाएका सवै खोपहरु दिन चिकित्सकहरुको आग्रह छ। खोपहरु पनि निमोनियाबाट जोगाउने उनीहरु बताउँछन् ।

यसबाहेक खानपानमा ध्यान दिने, जे पायो त्यही बाहिरको खाना नदिने र निमोनिया केही संकेत देखिएमा नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा पुगेर जचाइहाल्न चिकित्सकहरु सुझाउँछन्।

 


प्रतिक्रिया दिनुहोस्