मर्स्याङ्दी नदीमा मिनी ट्रक खस्यो, गोताखोर टोलीद्वारा खोजी

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १ : ३०


तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजीकबाट आज बिहान मर्स्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरिएको छ ।

सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए ।

‘सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी शुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ,’ एसपी पौडेलले भने । एसपी पौडेलका अनुसार सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटामा देखिएको थियो ।


तस्वीर– प्रतिकात्मक


प्रतिक्रिया दिनुहोस्