२२ वर्षीया महिलाले जन्माइन् ४ सन्तान, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १२ : ४३


धनुषा । धनुषामा एक महिलाले चम्ल्याहा सन्तानलाई जन्मदिएकी छिन् ।

धनुषाको विदेह नगरपालिका ७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले चम्ल्याहा सन्तान जन्माएकी हुन् । जसमध्ये तीन छोरी र एक छोरा रहेका छन् ।

उनले मंलरबाल तीन छोरीर एक छोरालाई शल्यक्रियामार्फत जन्म दिएकी हुन् ।

जनकपुरको काव्या अस्पतालका सञ्चालक डा. एसके सिंहका अनुसार सबै शिशुको तौल १ देखि डेढ किलोसम्म रहेको छ। एक छोरीबाहेक अन्य तीन शिशुको अवस्था समान्य रहेको तर तौल कम भएको कारण सबैलाई एनआईसीयूमा भर्ना गरिएको उनले बताए ।

आमाको स्वाब संकलन

चार जना शिशुलाई जन्मदिएकी अरमानाको अवस्था भने गम्भीर रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका सञ्चालक डा.सिंहका अनुसार अरमानामा ज्वारो र श्वासप्रश्वासको समस्या देखिएको बताए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाव संकलन गरि परीक्षणका लागि प्रयोगशालामा पठाइएको डा सिंहले बताए ।
ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि सुत्केरीलाई आईसीयूमा भर्ना गरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्