चिनियाँ सेनासँगको भिडन्तमा भारतीय सेनाका एक जनाको ज्यान गएको दाबी

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १२ : २६


एजेन्सी । गत आइतबार लद्दाखमा भारत र चीनका सेनाबीचको भिडन्तमा एक जना मारिएका छन् ।

चिनियाँ सेनासँगको भिडन्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दाबी गरिएको छ ।

गत शनिबार र आइतबार राति प्याङगोङ ताल क्षेत्रमा भएको झडपमा ती सैनिक मारिएको समाचार बेलायती पत्रिका द गार्डियनले लेखेको हो।

दुई महिनाअघि पनि दुई देशको सीमा क्षेत्र लद्दाखकै गलवान उपत्यकामा हिंसात्मक झडप हुँदा भारतका २० सैनिक मारिएका थिए।

यसपछि दुवै देशका सैनिकबीच सीमा क्षेत्रमा शान्ति कायम गर्ने सहमति भएको थियो। तर पनि फेरि दुई देशका सैनिकबीच झडप भएको हो ।

भारतले घटना भएको स्वीकार गर्दै चीनका सेनाले सहमति उल्लंघन गरेका कारण झडप भएको आरोप लगाइरहेको छ । चिनियाँ सेनासँगको झडपमा भएको हताहतीबारे भने केही उल्लेख गरेको छैन ।

चीनले सोमबार पूर्वी लद्दाखमा भारतीय सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल एलओसी पार गरेर सहमतिको गम्भीर उल्लंघन गरेको आरोप लवगाएको छ ।


प्रतिक्रिया दिनुहोस्