राप्ती नदीको किनारमा महिलाको बेवारिशे शव

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १२ : ०३


शिवु खनाल
दाङ । देउखुरीको राप्ती नदीमा एक महिलाको बेवारिशे महिलाको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर २ को राप्ती नदी कटाहाघाटमा करीव ४५ वर्षीया एक महिलाको शव फेला परेको हो ।

बुधबार बिहान ८ बजे स्थानीयले राप्ती नदीको किनारमा बगाएर ल्याएको दाउरा बटुल्न गएका बेला नदी किनारमा तैरिरहेको अवस्थामा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको पहिचान हुन नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक गंगाबहादुर सारूले जानकारी दिनुभयो । शवको अहिलेसम्म शनाखत हुन नसकेको राप्ती गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापाले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टमको लागि राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्