चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ९ : २४


चितवन । चितवनमा मंगलबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीका अनुसार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका २८ र अन्य विभिन्न जिल्लाका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुरमा १६ पुरुष र १० महिला गरी २६ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित पुरुष २१ देखि ५८ वर्ष उमेर समूहका छन् भने संक्रमित महिला २२ देखि ४२ वर्ष उमेर समूहका छन् ।

उनीहरुको क्वारेन्टिन, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्