बंगलादेशलाई युरिया मलको तत्काल आपूर्ति गरिदिन प्रधानमन्त्री ओलीको आग्रह

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : ४६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच टेलिफोन वार्ता भएको छ ।

प्रधानमन्त्री ओली र हसिनाबीच दुई देशबीचको सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बंगलादेशकी प्रधानमन्त्री हसिनासँग दुई देशबीचको सम्बन्धका विभिन्न आयामबारे छलफल भएको बताएका छन् ।

साथै, प्रधानमन्त्री ओलीले युरिया मलको तत्काल आपूर्तिमा सहयोग गर्न पनि हसिनासँग अनुरोध गरेका थिए ।

आफ्नो उक्त प्रस्तावप्रति हसिनाले सकरात्मक प्रतिक्रिया दिएको ओलीको भनाइ छ ।

‘आज साँझ मैले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोनमार्फत नेपाल–बंगलादेशको सम्बन्धका विभिन्न पक्षबारे फलदायी वार्ता गरे । युरिया मलको तत्काल आपूर्तिका लागि मैले गरेको आग्रहलाई उहाँले सकारात्मक रुपमा लिनुभयो,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्