कोरोनाबाट बाट बच्न बेसार पानी, धेरै खाए पुग्छ ५ हानी

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


कोरोना भाइरस महामारीले विश्वमा २ करोड ५६ लाख भन्दा धेरै मानिस प्रभावित भएका छन् भने ८ लाख ५५ हजार मानिसको ज्यान गएको छ ।

चीनको वुहानबाट सन् २०१९ को अन्तिमतिर सुरु भएको कोरोना यतिबेला विश्वका अधिकांश देशमा फैलिएको छ ।
तर, यसको औषधि पत्ता लागेको छैन ।

अहिलेसम्म यसको नियन्त्रणका लागि सामाजिक दूरी, हात धुने, मास्कको प्रयोग गर्ने लगायतका काम मात्र भएको छ ।

कोरोना भाइरसले दीर्घ रोगहरु भएका व्यक्तिलाई गारो पारिरहेको पाइन्छ ।

मधुमेह, उच्च रक्तचाप, मिर्गौलामा समस्या भएका र अन्य समस्या भएका व्यक्तिको ज्यान लिन कोरोनाले लिइरहेको पाइन्छ ।
रोग प्रतिरोगी क्षमता कमजोर भएका व्यक्तिहरुमा कोरोना संक्रमण चाँडो सर्ने भन्दै चिकित्सकहरुले रोगप्रतिरोधी क्षमता वृद्धि गर्न आह्वान गर्दै आएका छन् ।

आयुर्वेद र प्राकृतिक चिकित्सासँग सम्बन्धित व्यक्तिहरुले भने रोग प्रतिरोधी क्षमता बढाउन र कोरोनाबाट जोगिन प्राकृतिक उपचार र खानपानमा जोड दिइरहेका छन् ।

नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक चिज र औषधिहरुको प्रयोगमा जोड दिन आग्रह गरिरहेका छन् ।

तातो पानी, बेसार पानीको प्रयोग बढी गर्न उनले सल्लाह दिएका थिए । जसलाई मानिसहरुले उपहाससमेत गरेका थिए ।

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्ना नागरिकहरुलाई कोरोनाबाट जोगिन तातो पनी, बेसार, तुलसी पानीको प्रयोग गर्न आग्रह गरिरहेका छन् ।

अदुवा, जिरा, बेसार, मह लागायतका पदार्थ पानीमा उमालेर निरन्तर खान मोदीले आह्वान गरिरहेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।

कोरोना महामारीकाबीच मानिसहरुले तातो पानी, बेसार पानी र अन्य आयुर्वेदिक पदार्थहरुको प्रयोगमा जोड दिइरहेका छन् ।

सामान्यता चिसो र रुघा खोकी लाग्दा मानिसहरुले बेसार, तुलती, अदुवा पानी खाने गरेका थिए । बेसार पानी र अन्य आयुर्वेदिक मरमसलाहरुले रोग प्रतिरोधी क्षमता बढाउन मद्दत पुग्छ ।

चिसो लागेको समयमा यस्तो पानी दिनमा तीनपटक वा अवस्था हेरेर त्यसमा केही थप गरेर खान सकिने बताइन्छ । तर गर्मी मौसममा यसको प्रयोग एक दुई पटक मात्र गर्नु उचित हुन्छ । बेसारलाई आयुर्वेदले सबैभन्दा ठूलो औषधि मानेको छ तर यसको धेरै प्रयोगले भने हानी पुराउने छ ।

कस्तो असर

यदी तपाईको पाचन कमजोर छ भने बेसार पानी र तातो पानीको धेरै प्रयोगले तपाईलाई असर गर्न सक्छ । यसको असन्तुलित र धेरै सेवनले नाकबाट रगत बग्ने, एसिडीटी लगायतको समस्या समेत आउन सक्छ ।

काडा पानी पनि भनिने यस्तो पानीमा तपाईले प्रयोग गर्ने बेसार मरिचको धुलो, दालचिनी, अश्वगन्धाले शरीरमा गर्मी उत्पन्न गराउँछ ।

आवश्यक भन्दा धेरै गर्मी शरीरमा राख्दा समस्या देखिने हुँदा यसको प्रयोग सन्तुलित रुपमा गर्नु उपयुक्त हुन्छ ।

बेसार पानीको धेरै प्रयोगले हुनक्छ यस्ता खतरा

पेटमा समस्या

बेसारको बढी प्रयोगले पेटको समस्या देखा पर्न सक्छ । यसले तपाईलाई पेट दुख्ने र ऐठन हुन समस्या आउन सक्छ ।

मिर्गौलामा पथ्थरीको खतरा

बेसारको बढी प्रयोगले मिर्गौलामा पथ्थरीको खतरा हुनसक्छ । बेसारमा अक्सलेटको मात्रा बढी हुने भएका कारण मिर्गौलामा पथ्थरीको विकासको खतरा रहन्छ ।

यसले अक्सलेट क्याल्सियमलाई अघुलनसिल अक्सलेट क्याल्सियममा विकास गर्न सक्छ जुन पथ्थरीको कारण हुन्छ ।

वाकवाकी र पखाला खतरा

बेसारको प्रयोगले वाकवाकी लाग्ने र पखलाको खतरा रहन्छ । बेसारमा पाइने करक्युमिनका कारण पेटमा समस्या देखिन्छ जसले उल्टी हुने र पखला लाग्ने खतरा रहन्छ ।

एलर्जीको खतरा

बेसारको बढी प्रयोगले कसैकसैलाई एलर्जीको खतरा रहन्छ । जसले छालामा समस्या देखिनसक्छ भने स्वासप्रस्वासमा पनि समस्या आउन सक्छ ।

आइरनको कमी

शरीमा आइरनको कमी हुनेहरुका लागि बेसारको अधिक प्रयोग घातक बन्न सक्छ ।

बेसारको धेरै प्रयोगले आइरनको उत्पादनलाई नियन्त्रण गर्ने खतरा हुन्छ । त्यसैले आइरन कमी भएका व्यक्तिले यसको प्रयोग कम गर्दा उपयुक्त हुन्छ ।


प्रतिक्रिया दिनुहोस्