भरतपुर अस्पतालमा सोमबार साढे २ घन्टाको बीचमा मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ११ : १०


चितवन । चितवनमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती, ६५ वर्षीय पुरुष र खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको उपचारका क्रममा सोमबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

सोमबार राति आएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

सोमबार दिउँसो एक बजेदेखि साढे तीन बजेको बीचमा उनीहरु तीन जनाको भरतपुर अस्पतालको आकस्मिक कक्षमा नै निधन भएकोअस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा आकस्मिक कक्ष इन्चार्ज डा.जगन्नाथ तिवारीले बताए ।

अवस्था चिन्ताजनक रहेको र अन्य अस्पतालमा शय्या र आईसीयू नभएपछि उनीहरुलाई भरतपुर अस्पताल लगेको मृतकका आफन्तहरुको भनाई छ ।

मृतक सबैमा पहिलेदेखि नै श्वासप्रश्वासको समस्या रहेको जनाइएको छ ।

भरतपुर–११ का पुरुषमा रक्तअल्पताको समस्या रहेको डा.तिवारीले बताए । १८ वर्षीया युवतीको स्वाब संकलन गरेको लगभग डेढ घण्टापछि निधन भएको उनले बताए । अरु दुई जनाको मृत्युपछि नै स्वाब संकलन भएको हो ।

योसहित चितवनमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्