ताइवानको आकाशमा चङ्गासँगै बच्चा उडेपछि..(भिडियो)

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


एजेन्सी । ताइवानको सामाजिक सञ्जालमा एक भिडियो निकै भाइरल बनेको छ। जसमा ३ बर्षीया बालिका आकाशमा चङ्गासँगै उडिरहेको देख्न सकिन्छ।

उक्त ठाँउ ताइवानको समुद्रीय शहर नानलिओ हो। त्यहाँ आइतबार चङ्गा फेस्टिभलका दौरान एक समूह सुन्तला रङको चङ्गा आकाशमा उडाइरहेका छन्, त्यसैबेला चङ्गामा एउटी ३ वर्षीया बालिका फस्छिन् र चङ्गासँगै केही हवामा माथि गएकी छन्।

ती बालिका आकाशतिर हावामा उडेपछि त्यहाँ जम्मा भएको भीडले होहल्ला गरेको सुन्न सकिन्छ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती बालिका चङ्गामा अड्किएर १०० फिट माथि सम्म पुगेकी थिइन्। उनी माथि गइरहँदा भीडले भिडियो बनाइरहेको थियो।

रिपोर्टका अनुसार उक्त बालिकाको नाम लिन हो, उनलाई यस घटनामा कुनै चोटपटक लागेको छैन।

ती बालिका कसरी चङ्गामा फसिन भन्नेबारे स्पष्ट जानकारी छैन्।


प्रतिक्रिया दिनुहोस्