काठमाडौं । देशभर सामान्य बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालको मौसममा बंगालको खाडीबाट निस्किएको जलवाष्फयुक्त हावाको प्रभाव रहेको छ ।
आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त स्थानहरू भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्क रहन अपील गरिएको छ।
आज दिउँसो र राति प्रदेश १, २, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।