पाटन अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ८ : २०


काठमाडौं । ललितपुर स्थित पाटन अस्पतालमा उपचाररत थप २ कोरोना संक्रमितको मृत्यु भएको छ।

सोमबार उपचारको क्रममा काठमाडौंका ७४ वर्षीय एक पुरुष र धनुषाका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ ६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ७४ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको हो।

यो सँगै कोरोना संक्रमणबाट आजमात्रै ११ जनाको ज्यान गएको छ।

सोमबार साँझनै त्रिवि शिक्षण अस्पतालमा काठमाडौंको कागेश्वरीकी एक महिलाको ज्यान गएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन महिला र पाँच जना पुरुषको सङक्रमणको कारणबाट मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्