मस्को । रुसले बनाएको कोरोना खोप ‘Sputnik V’ बेलारुसले लिने भएको छ।
बेलारुसका राष्ट्रपतिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेर उक्त खोप लिने जनाएका हुन।
सोमबार दुई मुलुकका राष्ट्रपतिबीच टेलिफोन संवाद भएको जनायएको छ। यो सँगै रुसले बनाएको खोप लिने पहिलो देश बेलारुस बन्ने अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।
#BREAKING: #Belarus will become the 1st country in the world to receive #Russia‘s #COVID19 #vaccine, #SputnikV, the press service for President Lukashenko announced citing his phone conversation with Russian President Putin. pic.twitter.com/Jf5nsGdO5c
— People’s Daily, China (@PDChina) August 24, 2020
रुसले केही दिन अघि विश्वमै पहिलो पटक आफ्नो देशमा कोरोना खोप बनेको घोषणा गरेको थियो। तर, पश्चिमा देशहरुले भने रुसी खोपबारे प्रश्न उठाइरहेका छन्। रुसले भने अन्य २० बढी देशबाट प्रिअर्डर आइसकेको समेत जनाइसकेको छ।