उपत्यकामा थप एक कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : २७


काठमाडौं । काठमाडौं उपत्यकामा थप एक कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ।

महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराईरहेकी काठमाडौंको कागेश्वरी नगरपालिका ९ कि ४८ वर्षिया महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको हो।

ती महिला साउन २८ गते अस्पताल भर्ना भएकी थिइन्।

मुटु, पित्तथैली र मिर्गौलाको समस्या देखिएको ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।

आज साँझ उनको निधन भएको हो। यो सँगै आजमात्रै देशभर कोरोनाबाट ९ जनाको ज्यान गएको छ।

सङ्क्रमणबाट आज एकैदिन आठ जनाको निधन


प्रतिक्रिया दिनुहोस्