सङ्क्रमणबाट आज एकैदिन आठ जनाको निधन

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : ०६


काठमाडौं । नेपालमा कोरोना भाइरसबाट आज एकै दिन आज आठ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा तीन महिला र पाँच जना पुरुषको सङक्रमणको कारणबाट मृत्यु भएको जानकारी दिए।

उनका अनसार सङक्रमणबाट मृत्यु हुनेमा सुनसरीका ६५ वर्षका एक पुरुष, मोरङका ६५ वर्षका एक पुरुष, काठमाडौंका ४८ वर्षका एक महिला, रुपन्देहीका ६७ वर्षका एक महिला र रुपेन्देहीकै ३८, ५३, ५४ वर्षका तीन पुरुष र पर्साका ७० वर्षका एक महिला रहेका छन।

हालसम्म कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्